queen elizabeth and her husband१२ फागुन, एजेन्सी । केहि समययता घोडाको मासुका विषयमा निकै चर्चा हुने गरेको छ । बेलायत तथा अन्य युरोपेली देशहरुमा घोडाको मासू बिक्री भइरहेको खुलेपछी कहाँ कहाँ घोडाको मासुको प्रयोग हुन्छ भनि गरिएको परिक्षणमा बेलायतको राजपरिवारको खानामा पनि घोडाको मासु प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।
घोडाको मासु प्रयोग गरिएको सम्बन्धमा गरिएको अनुसन्धानमा के पत्ता लागेको छ भने बेलायतको सबैभन्दा खाद्य तथा मासु बिक्रेता कम्पनी सोडेक्सोले प्रयोग गर्ने खानामा समेत घओडाको मासु भेटिएको थियो । उक्त कम्पनीले बेलायतका धेरै जसो विद्यालय, कलेज, अस्पताल, सैनिक कार्यालय, कारागार, लगायतका ठाऊँमा मासु पुर्याउने गर्छ । यही कम्पनीले बेलायतको राजपरिवारलाई पनि मासु पठाउने रोयल स्कटलाई पनि मासु पठाउने र उसका काममा नियन्त्रण गर्ने गर्छ ।
यस्तै,रोयल स्कटले बेलायतको राजदरवारमा रहेका सैनिकको छुट्टै ब्यारेकमा समेत मासु पठाउने गर्छ ।