यो दुनियाँ अचम्मको छ, यहाँ बेला बेला अचम्मका कुरा देख्न र सुन्न पाइन्छ । यस्तै अचम्मको घटना घटेको छ एक ६ वर्षीय बालिकाको जीवनमा । उनी मात्र ६ वर्षकी छिन्, तर उनको अनुहारले उनलाई करिब ७० वर्षकी भएको देखाउँछ । उनको अनुहारमा उनको उमेरभन्दा करिब ६४/६५ वर्ष जेठो देखिन्छ ।

मानिसको उमेर अनुसार अनुहार पनि परिवर्तन हुँदै जाने गर्छ तर ६ वर्षीय बालिका एडालिया रोसको अनुहार भने एकैपटक ७० वर्षीय महिलाको अनुहारजस्तो देखिन थालेको छ । उनको यो अवस्थालाई प्रोगेरिया भनिन्छ । चिकित्सकहरूका अनुसार यस्ता मानिसहरूको उमेर औसतमा मात्र १३ वर्षको हुने गर्छ । उनको तौल मात्र १४ पाउण्ड रहेको छ ।

यी ६ वर्षीय बालिका एडालिया रोस आफ्नो अनुहारको कारण चर्चामा पुग्दै गएकी छिन् । उनको फेसबुकमा उनका करिब ६ लाख फ्यान छन् । उनको मेल बक्स मेसेजहरुले भरिएको छ भने सयौ पत्रहरू उनको हातमा परेका छन् ।

एडालिया गीत गाउन, नृत्य गर्न मन पराउँछिन् । उनलाई परिवारले पनि नृत्य गर्ने र गीत गाउने कार्यका लागी हौसला प्रदान गर्ने गर्छ । उनले पछिल्लो समय निकै चर्चित बनेको ग्याङ्गनम स्टाइलमा निकै राम्रो नृत्य गर्ने उनको परिवारले जनाएको छ ।

उनका परिवारका अनुसार आफूहरू बाहिर जाँदा एडालियालाई प्राय मानिसहरुले आश्चर्यका रूपमा हेर्ने गरेका छन् । उनीहरूले पनि आफूजस्तै पहिलो पटक यस्ती बालिका देखेको हुन सक्ने परिवारका सदस्यहरू बताउँछन् ।
हेरौ एडालियाका केही तस्विरहरू…

Six-year-old girl with body of an old woman Six-year-old girl with body of an old woman Six-year-old girl with body of an old woman Six-year-old girl with body of an old woman Six-year-old girl with body of an old woman