microsoft logo१२ फागुन, एजेन्सी । माइक्रोसफ्ट कम्पनीले आफ्ना केही कम्प्युटरहरू ह्याक गर्न खोजिएको बताएको छ । माइक्रोसफ्टले आफ्ना केही कम्प्युटरमा कसैले मालिसियस स्फ्टवेयर प्रयोग गरी कम्प्युटरमा हानी पुर्याउने काम गरिएको जनाएको छ ।
कम्पनीले कुनै ग्राहक या कम्पनीको फाइलहरू हराएको वा क्षति पुगेको बारे केही बताएको छैन् भने यसको अनुसन्धान भइरहेको बताएको छ ।
यसअघि मंगलबार एप्पलले आफ्नो केहि कम्प्युटरहरू पनि ह्याक गर्ने प्रयास गरिएको बताएको थियो । उसका अनुसार यो काम फेसबुक ह्याक गर्ने ह्याकरहरुले नै गरेका हुन् ।