tejab pour to wifes private part२५ साउन, एजेन्सी । भारतको कानपुरमा एक महिलामाथी उनकै पतिले तेजाब खन्याएका छन् । १५ वर्ष अगाडि बिबाह भएको र अहिलेसम्म पाँच सन्तान भएको तर ती सबै छोरी मात्र भएपछी पतिले यसपटकको गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गर्न चाहेका थिए तर पत्नीले अस्विकार गरेपछी रिसको झोकमा पत्नीको यौनाङ्गमा तेजाब खन्याएका थिए ।

गर्भमा रहेको सन्तानको लिङ्ग परिक्षण गर्न नमान्ने पत्नीलाई उनका पतिले करिब ४ दिनसम्म घरमा थुनेर राखेका थिए । यसबारे ती महिलाकी छोरीले उनको माइतमा खबर गरेपछी माइतीले आएर उनलाई अस्पताल भर्ना गराएका थिए जहाँ उनको अहिले पनि उपचार भइरहेको छ । महिला तथा उनका माइतीले भने महिलाका पति विरूद्ध कुनै मुद्धा भने दर्ता गराएका छैनन् ।

पिडित महिलाले आफूले तीन छोरी जन्माएपछी सन्तान नजन्माउन चाहँदा पनि पतिले नमानेपछी सन्तान जन्माएको र ती पनि छोरी जन्मिएको बताएकी छीन् । यसरी पाँच वटा छोरी जन्मिएपछी पनि पतिकै करले अर्को सन्तानका लागि आफू तयार भएको र यसपटक गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गराउन खोज्दा आफुले नमानेपछि पतिले आफुमाथी यस्तो अत्याचार गरेको बताएकी छिन् ।