एजेन्सी । अहिले चीनीयाँ सेना लद्धाखमा आफ्नो अड्डा जमाएर बसेको छ । आफ्नो सिमामा अड्डा जमाएर चीनीयाँ बसेको थाहा हुँदा हुँदै पनि भारत भने मौन छ ।

भारत चीनसँग केवल सेना फिर्ता गर्न माग गरिरहेको छ । कुनै चेतावनी छैन्, कुनै धम्की पनि छैन् । साना देशलाई पाए आक्रमणै उत्रिउला झै गर्ने भारत चीन प्रति आक्रामक देखिएको छैन् । किन त आफ्नो सिमा मिचिँदा पनि भारत चुप छ ? 

भारतीय सरकारले यो कुरा राम्रोसँग थाहा छ की चीनसँग निहुँ खोजेर भारतको भलो हुँदैन । विश्वको शक्ति राष्ट्रको रूपमा रहेको चीनसँग झगडा गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तै हो । भारत चीनीयाँ सरकारसँग सेना फिर्ता तथा कब्जा सिमा फिर्ताका लागी आग्रह मात्र गरिरहेको छ ।

चीन विश्वको एक महाशक्ति राष्ट्र हो । भारत पनि यस ज्ञानबाट अछुतो छैन् भने भारतलाई यो पनि थाहा छ कि चीनमा बनेको नयाँ सरकार निकै आक्रामक छ र उसले सुरक्षाका लागी मात्र गत वर्ष भन्दा निकै ठूलो रकम निकाशा गरेको छ । यस हिसाबले पनि चीन शक्तिशाली बन्ने तयारीमा छ भने चीन पहिले देखीनै विश्वको सबैभन्दा धेरै सैनिक भएको देश हो ।

भारत चीनसँग डराउनुमा यति मात्र कारण नभई चीनसँग रहेका हतियार पनि हुन् । भारत चीनसँग रहेका परमाणु हतियार देखी अन्य सबैखाले हतियारका कारण डराएको छ । चीनसँग रहेका १० विषेश हतियारसँग भारतको विषेश डर छ । आफ्नो सानो गल्तिले पनि युद्धको अवस्था सिर्जना भए आफ्नो देश सखाप हुने भारतलाई डर छ । त्यसैले पनि भारत अहिले चीनसँग सकेसम्म कुटनीतिक हिसाबले मुद्दालाई टुङ्ग्याउने पक्षमा छ ।

के-के छन् चीनसँग हतियार ?

१. लियोनिंग एयरक्राफ्ट क्यारिअर: लियोनिङग एयरक्राफ्ट केरियरचीनको पहिलो विमान बाहक पोत हो । यसलाई पिपुल्स लिबेरेशन आर्मी नेवीमा सन् २०१२ मा निर्माण गरिएको थियो ।
Liaoning Aircraft Carrier

२. चेन्ग्डु जे-२० फाइटर एयरक्र्याफ्ट: यो पाँचौ जेनेरेशनको दुई इन्जिन भएको लडाकु विमान हो । चेन्ग्डु पिपुल्स लिबेरेशन आर्मीको लागी निर्माण गरिएको विमान हो । यसको परिक्षण अहिले पनि चलिरहेको छ । यसलाई सेनामा सन् २०१७ देखी २०१९ भित्र सामेल गरिनेछ । 

Chengdu J-20 fighter aircraft

३. सेनयाङ्ग जे-३१ जेट फाइटर: यो पनि दुई इन्जिन भएको फाइटर विमान हो । अहिले मध्यम आकारको यो विमान प्रारम्भीक अवस्थामा रहेको छ । यो विमानमा प्रयोग गरिएको इन्जिन रूसले पनि प्रयोग गरिसकेको छ । 

Shenyang J-31 jet fighter

४. सेनयाङ्ग जे-१५ फाइटर एयरक्र्याफ्ट: यो पनि चीनले निर्माण गरेको युद्धक विमान हो ।

Shenyang J-31 jet fighter

५. डिएफ-४१ इन्टरकन्टिनेन्टल: यो चीनले निर्माण गरेको ब्यालेस्टिक मिसाइल हो ।
DF-41 intercontinental ballistic missile

६. डब्लूजेड-१० हेलिकप्टर: चीनले बनाएको यो हेलिकप्टर विशेष गरी युद्धका बेला आक्रमणका लागि प्रयोग गरिन्छ । यस हेलिकप्टरबाट स-साना मिसाइल आक्रमण गर्न सकिन्छ ।
WZ-10 attack helicopter

७. डब्लूजेड-१९ हेलिकप्टर: चीनको यो हतियार पनि निकै खतरनाक छ । यसले पनि डब्लूजेड-१० हेलिकप्टर जस्तै हवाई आक्रमणका लागी प्रयोग गरिन्छ ।
WZ-19  attack helicopter

८. ०५२डि डिस्ट्रोएर: नामले नै यो ध्वस्त गर्नका लागी बनाईएको हो भन्ने बुझिन्छ । चीनले बनाएको यो जहाज समुन्द्रबाटै आक्रमण गर्नका लागी निर्माण गरेको हो । यसमा जडित अन्य हतियारमार्फत आक्रमण गर्न यसलाई प्रयोग गरिन्छ ।
Type 052D destroyer

९. टाइप-०५६ फ्रिगेट
The type-056 frigate

१०. बेईदोउ सेटेलाइट न्याभिगेसन सिस्टम

Beidou Satellite Navigation System