टीम इन्डियाको टेस्ट कप्तान विराट कोहली भारतमा सबैभन्दा चलेका ब्रान्ड हुन। खेलबाट हुने कमाइ बाहेक विराटले विज्ञापन खेलेरै पनि टन्न कमाउछन्। कमाइको कुरामा भविष्यमा उनले सचिन तेन्डुलकर र महेन्द्र सिंह धोनीलाइ नउछिन्लान भन्न सकिन्न। तर विश्वका सबैभन्दा धेरै कमाइ गर्ने महिला खेलाडीहरुलाई हेर्ने भने विराट निकै पछि पर्छन। विश्वका टप १० महिला खेलाडी मध्ये ८ जनाले उनले भन्दा बढी कमाउछन्।

Birat koholi

[quote_box_left]

टेनिस खेल्दै दर्शक तान्दै, मारियाः ग्ल्यामरस तस्बिर

Maria Sharapova Tennis (15)Maria Sharapova Tennis (17)[/quote_box_left]

विराटको कुल सम्पति करिव १९२ करोड रुपैयाँ छ, जबकी फोर्ब्स पत्रिकाको अनुसार सन् २०१४ मा विराटको वार्षिक कमाइ करिब ७३ करोड रुपैयाँ (७.१ मिलियन डलर) थियो।

त्यस्तै विश्वकै सबैभन्दा राम्री टेनिस खेलाडी मारिया शारापोभाको वार्षिक कमाइ करिब २७७ करोड रुपैयाँ भन्दा बढी छ। सर्वाधिक कमाइ गर्ने महिला खेलाडीहरुमा पहिलो नम्बरमा आँउछिन उनी।

Maria Sharapova

दोस्रो नम्बरमा चीनकी टेनिस खेलाडी लि ना पर्छिन। उनले वार्षिक २४० करोड रुपैयाँ भन्दा बढी कमाउँछिन।

Li Na

तेस्रो नम्बरमा अमेरिकाकी टेनिस खेलाडी सेरेना विलियम्स पर्छिन्। उनको वार्षिक कमाइ २२५ करोड रुपैयाँ भन्दा बढी छ।

serena williams

चौथो नम्बरमा कोरियाकी ‘स्केटिङ क्वीन’ किम यूना पर्छिन। उनले १६६ करोड रुपैयाँ भन्दा बढी कमाउँछिन। उनी ‘फिगर स्केटिङ’की खेलाडी हुन।

yuna kim

पाँचौ नम्बरमा अमेरिकाकी डेनिका पैट्रिक पर्छिन। अटो रेसकी खेलाडी डेनिकाले १५२ करोड रुपैयाँ भन्दा बढी कमाउँछिन।

danica patrick

छैटौं नम्बरमा बेलारुसकी टेनिस खेलाडी भिक्टोरिया अजारेन्का  पर्छिन। उनको वार्षिक कमाइ ११३ करोड रुपैयाँ भन्दा बढी छ।

Victoria Azarenka

सातौ नम्बरमा डेनमार्ककी टेनिस खेलाडी कारोलिन विज्नियाकी रहेकी छिन्। उनको वार्षिक कमाइ ११२ करोड रुपैयाँ भन्दा बढी छ।

Caroline Wozniacki

आठौं नम्बरमा सर्बियाकी एना इवानभिक छिन। उनी पनि टेनिस खेलाडी हुन। उनको वार्षिक कमाइ ७७ करोड रुपैयाँ भन्दा बढी छ।

ana ivanovic

नवौँ नम्बरमा पोल्याण्डकी अग्निएस्का रडवन्स्का  छिन। उनी पनि टेनिस खेलाडी हुन। उनको वार्षिक कमाइ ७० करोड रुपैयाँ भन्दा बढी छ।

Agnieszka-Radwanska
दशौं नम्बरमा अमेरिकाकी पाउला क्रेमर छिन। उनी गल्फ खेल्छिन। उनको वार्षिक कमाइ ५६ करोड रुपैयाँ भन्दा बढी छ।

paula creamer

यो पनि पढ्नुहोस्।

बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)

टेनिस खेल्दै दर्शक तान्दै, मारियाः ग्ल्यामरस तस्बिर