२६ भदौ, जनकपुर ।

प्रशासनले जारी गरेको कर्फ्यू अबज्ञा गर्दै जनकपुरका चोक चोकमा विहानैदेखि प्रदर्शन भइरहेको छ ।

महाबीर चोक, नमस्कार होटल चोक, विश्वकर्मा चोक, पेठियाबजार, जानकीनगर, बजरंग चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

Janakpur pradarshan

स्थानिय प्रशासनले बिहान ६ बजेदेखि जनकपुर क्षेत्रमा कर्फ्यू लगाएको छ ।

आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्तासँगको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि शुक्रबार जनकपुरमा तीन जनाको ज्यान गएको थियो ।