१८ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेका छन् ।

आज एक बक्तव्य जारी गर्दै पूर्वराजा शाहले हिमानी कोषमार्फत् यो रकम कोरोना रोकथाम नियन्त्रण र उपचार कोषमा दिन बुझाइसकिएको बताएका हुन् । उनले महामारीको संकटमा अहोरात्र सेवामा खटिने स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरुक्षाकर्मी र पत्रकारहरुप्रति आभार व्यक्त गरेका छन् ।

अहिलेको महामारीबाट मुक्त हुनका लागि लकडाउन बाध्यात्मक अनिवार्य भएको भन्दै उनले यसको पूर्ण पालना गर्न सबैलाई अपिल पनि गरेका छन् ।