१० कात्तिक, काठमाडौं ।

भारतले नाकाबन्दी खोल्ने संकेत नदेखाएपछि नेपाल सरकारले चीनबाट बैकल्पिक इन्धनको आपुर्ति प्रक्रिया अघि बढाएको छ । चीनले नेपाललाई इन्धन अनुदान दिन लागेको समाचार भारतीय मीडियामा मात्र नभएर विश्वभरीका चर्चित मिडियामा हेडलाइन बनेका छन् ।

चीनबाट इन्धन ल्याउने प्रक्रिया औपचारिकरुपमा नै अघी बढेपछि भारतीय मिडियामा विशेष तरंग देखिएको छ । भारतले आघोषित नाकाबन्दी लादेपछि चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नेपालसँगका सीमावर्ती चिनियाँ नाका खुल्दा पनि भारतीय मिडियामा विभिन्न हेडलाइन बनेका थिए ।

International Media on China oil supply to Nepal 2

जापान टाइम्सको समाचार

International Media on China oil supply to Nepal

बेलायती पत्रिका डेली मेलको अनलाइन संस्करणमा प्रकाशित समाचार

International Media on China oil supply to Nepal 3

याहू न्यूजमा प्रकाशित समाचार

विश्व चर्चित समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) ले बनाएको समाचारलाई विश्वासका सबैजसो चर्चित सञ्चार माध्यमले हेडलाइन सहित प्रकाशित गरेका छन् ।

भारतको टाइम्स अफ इण्डिया देखि याहू न्यूज र बेलायतको चर्चित पत्रिका डेली मेलमा समेत चीनले नेपाललाई इन्धन अनुदान दिन लागेको समाचार प्रकाशित भएको छ ।

चीनबाट इन्धन ल्याउन लाग्दा भारतीय मिडियामा तरंग

गल्फ टाइम्सले समेत नेपालले चीनबाट इन्धन ल्याउन लागेको विषयलाई हेडलाइन समाचार बनाएको छ । चीनले नेपाललाई चाहिएको सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै गल्फ न्यूजले भारतसँगको एकलौटी निर्भरताले नेपाल चरम संकटमा परेको उल्लेख गरेको छ । मधेशका आन्दोलनकारीले भारतबाट आएका गाडी जलाएको समेत उल्लेख गरेको छ ।

International Media on China oil supply to Nepal 1

तेल नपाएर हाहाकार भएको नेपाललाई उत्तरी छिमेकीले इन्धन दिएर राहत गराउन लागेको समाचार विश्वभरिका चर्चित मिडियाले प्रकाशित गरेका छन् ।

मधेशमा जारी आन्दोलनका कारण भारतबाट आपुर्ति रोकिएको भन्ने शैलीको समाचारमा नाकाबन्दी भन्ने शब्दावली प्रयोग गरेको देखिन्न ।

नेपालका लागि चीनले दिन लागेको अनुदानको पेट्रोलियम पदार्थ बोकेका चिनियाँ ट्याङ्कर सिगात्सेबाट रसुवागढी तर्फ प्रस्थान गरिसकेका छन् । चिनियाँ ट्याङ्करले रसुवागढी सम्म इन्धन ओसार्न थालेपछि सीमा नाकामा सुरक्षा ब्यवस्था अत्यन्तै कडा तुल्याएको छ ।

रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिदिने छन् ।

चीनले फेरि भन्यो- नेपाललाई चाहिएको इन्धन दिन तयार छौं

चीनले नेपाललाई चाहिने सब प्रकारका सहयोग गर्न चीन सँधै तत्पर रहेको दोहोर्‍याएको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुन्यिङले नेपालमा उत्पन्न इन्धन संकट समाधान गर्न चीन जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएकी हुन् ।

नेपाल सकारबाट अनुरोध आएमा एक असल छिमेकीको नाताले नेपाललाई भएको इन्धन संकट टार्न चीन तयार रहेको उनको भनाइ थियो ।