१ पुस, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका छिमेकीहरु अफ्ठेरा भएको भन्दै राम्रो सम्बन्ध राख्न चाहेपनि हुन नसकेको बताएका छन् ।

कोचीमा आयोजित सुरक्षा निकायका उच्च कमाण्डरको संयुक्त कन्फरेन्समा मोदीले यस्तो बताएका हुन् ।

मोदीले खासगरी पाकिस्तानलाई यस्तो छिमेकीकोरुपमा राखेपनि नेपालसँग पछिल्लो समयमा विग्रिएको सम्बन्धबारे पनि चिन्तित रहेको अनुमान गरिएको छ ।

Narendra modi with commanders

पाकिस्तान सहितका छिमेकीसँग भारतले राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै मोदीले छिमेकी देशहरु नै सुरक्षा खतराका कारण बनिरहेको कुरा चुनौती भएको समेत उल्लेख गरेका छन् ।

आइएसले गर्‍यो भारत विरुद्ध युद्धको घोषणा, मोदीलाई तह लगाउने चेतावनी

चीनसँग भारतले राम्रो सम्बन्ध बनाएर आर्थिक साझेदारी गर्न खोजिरहेको मोदीको भनाइ छ ।

सिंगापुरमा मोदीले भने- नेपालसँग असल सम्बन्ध राख्छु (भिडियो सहित)

समुन्द्री सीमामा श्रीलंका तथा माल्दिब्स र हिमाली क्षेत्रमा भुटान र नेपालसँग राम्रो सम्बन्ध बनाएर भारतीय चाहानाको पुर्ति र सम्बन्ध सुरक्षित राख्न खोजेको मोदीको भनाइ छ ।