२० असोज, काठमाडौं ।

नाकाबन्दीका लागि भारतको दोष नरहेको भन्ने नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाइलाई भारतको चर्चित पत्रिका टाइम्स अफ इण्डियाले हेडलाइन समाचार बनाएको छ ।

भारतले भित्तामा पुर्‍याउँदा पनि चीनसँग किन कुरा गर्दैन सरकारः यस्तो छ रहस्य

सीमा क्षेत्रमा नाकाबन्दी लगाउन भारतको कुनै भूमिका नरहेको दावी गर्दै नेपाली मिडियालाई गाली गरेको समाचारलाई टाइम्स अफ इण्डियाले महत्वका साथ प्रकाशित गरेको छ ।

Rajendra mahato on Times of India

नाकाबन्दी मधेशीले गरेको र यसमा भारतको कुनै हात नरहेको दावी समेत उनले गरेका छन् । केही मान्छेले गाली गर्दैमा भारतसँग आफूहरुको सम्बन्ध नविग्रने समेत उनले बताएका छन् । नेपाली मीडियाहरुले भारतविरोधी भावना फैलाउन प्रोपोगाण्डा गरिरहेको उनको भनाइ छ ।

Rajendra Mahato talking

नेपालको आन्तरिक मामलामा भारतलाई दोष दिन नहुने उनको भनाइ छ । नेपाली आन्दोलनकारीलाई भारतीय सहयोग छ कि छैन भनेर सोधिएको प्रश्नमा महतोले भारतले आन्दोलनकारीलाई सुरक्षा प्रदान गरेको खुलासा गरेका छन् ।

टाइम्स अफ इण्डियाको हेडलाइन- ‘नेपालमा भारत ठूलो हरुवा’

टाइम्स अफ इण्डियाले नेपालका अर्थमन्त्री रामशरण महतले चीनतर्फबाट इन्धन ल्याउन लागिएको कुराको खण्डन गरेको समेत जनाएको छ ।