२६ भदौ, काठमाडौं ।

सहमतीको वातावरण बनाएर दलहरुका बीचमा अधिकतम सहमतीमा संविधान जारी गर्न एमाओवादी नेता डा.बाबुराम भट्टराईले आज बिहानैबाट पहल सुरु गरेका छन ।

उनले पहिला अनौपचारिक कुराकानी गरेर विश्वासको वातावरण बनिसकेपछि औपचारिक वार्तामा बस्ने गरी पहल गरेका छन । यसको लागि नेता भट्टराईले आज बिहान विभिन्न नेताहरुसँग टेलिफोन वार्ता गरेका छन ।

Baburam Bhattarai Briefs Media

नेता भट्टराईले बिहान सर्वेन्द्रनाथ शुक्ला, महेश आचार्य, बिजय गच्छदार, दमननाथ ढुंगाना, सुरेन्द्र पाण्डे र बिष्णु पौडेल लगायतका नेताहरुसँग कुरा गरिसकेका छन भने उपेन्द्र यादवसँग सम्पर्क हुन नसकेको भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डेले जानकारी दिएका छन ।

साथै उनले अन्य नेताहरुसँग पनि सम्पर्कको प्रयास जारी रहेको समेत बताए ।