६ कात्तिक, एजेन्सी । बलिउड नायिका सनाखानले समाज खुल्लापन तर्फ अघि बढिरहेकाले सिनेमाका दृश्यमा सोही कुरा प्रतिविम्वित हुनु स्वभाविक भएको बताएकी छन् ।  sana-khan

उनी भन्छिन् ‘हामी हलिउडका फिल्म हेर्छौं र त्यहाँका दृश्यलाई सामान्यरुपमा लिन्छौं तर, त्यस्तै दृश्य बलिउडमा देखिए बबाल मच्चाउछौं । यस्तो किन ?’ भनि प्रश्न गर्छिन । उनले फिल्ममा दिएको बोल्ड दृश्यको आलोचना भइरहेका बेला यस्तो प्रतिकृया दिएकी हुन् ।

चलचित्र ‘वजह तुम हो’ मा उनले दिएको अंतरंग दृश्यको बलिउडमै पनि आलोचना भएको छ । तर, उनी भन्छिन् ‘मलाई आश्चार्य लाग्छ जब बलिउडकै मानिस यस्ता कुरा गर्छन् । यो एकदमै हास्यास्पद र दुःख लाग्दो कुरा हो । आज हरेक फिल्ममा चुम्बनका दृश्य हुन्छन् । मैले बुझेको छैन यस्ता कुरामा हल्ला किन हुन्छ ?’

आफूले दिएको दृश्य कथाको माग भएको दावी गर्दै सनाले पश्चिमा संस्कृतिले समाजलाई डो¥याइरहेको अवस्थामा यस्ता दृश्य सामान्य भएको बताएकी छन् । केही समय यस्ता कुरामा हल्लाखल्ला भए पनि समाज जुन गतिमा अघि बढेको छ त्यसले यस्ता दृश्य रोक्न खोजेर पनि नसकिने उनको धारणा छ ।