६ फागुन, काठमाडौं । केहीबर्ष अघि छुट्टिएका साँगितिक जोडि गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राज फेरि एकपटक सँगै देखिएका छन् ।

एउटा गीत रेकर्डिङका क्रममा यि दुईको भेटघाट भएको हो । प्रेम विवाह गरेका यि दुई बीच असमझदारी चुलिएपछि केही बर्ष अघि अलग बस्ने निर्णय गरेका थिए ।

गायक मनोज राजले ‘मलाई माफ गर’ बोलको गीतमा ‘स्वर साम्राज्ञी’ अञ्जुको आवाजमा रेकर्डिङ गरेको भन्दै फेसबुकमा तस्बिर पोष्ट गरेका छन् ।

अञ्जु र मनोज एकसाथ देखिएपछि फेसबुकमा धेरैले खुशी व्यक्त गरेका छन् । तर मनोजले भनेका छन्, ‘नितान्त प्रोफेसनल काम हो हाम्रो । संयोग सुखद नै हो तर अन्यथा कसैले पनि नसोचिदिनुहोला । हामी कलाकारिताको काममा मात्र सिमित छौ । यसरी, नै वुझिदिनुहोला सबैले ।’