अण्डाको बारेमा मानिस अनुसार धारणा फरक पाइन्छ। कोही भन्छन् अण्डा खाँदा मुटुको समस्या बढ्छ त कोही गर्मीमा अण्डा खान बन्द गर्नुपर्ने बताउँछन्। आखिर सत्य के हो?Eggs

के अण्डा खाँदा तौल बढ्छ?
अण्डामा फ्याट र क्यालोरि कम हुन्छ।। अण्डा खाँदा मेटाबोलिजम बढ्छ अनि निकै बेरसम्म भोक लाग्दैन। जसको कारण तौल घटाउन मद्धत मिल्छ।

यो पढनुस्: बिना डाइटिङ तौल घटाउनुस्, आयुर्वेदका यी १३ घरेलु उपाय

अण्डाले कोलस्टोर बढाउँछ?

अण्डाले रगतमा कोलस्टोरको स्तरलाई कुनै असर पुर्याउँदैन। दैनिक एक वा दुई अण्डा खानु निकै फाइदाकारी मानिन्छ।

के गर्मीमा अण्डा खानु हुँदैन?
गर्मी होस् या जाडो दैनिक अण्डा खादाँ कुनै हालतमा बेफाइदा  हुँदैन। यो एक सम्पूर्ण डाइट हो। प्रोटिन, क्याल्सियम, आइरन अनि फस्फोरस जस्ता पोषक तत्व अण्डमा पाइन्छ।

के पहेँलो भागमा सबैभन्दा बढी प्रोटिन हुन्छ?egg yellow partविश्व स्वास्थ्य संगठनको अनुसार अण्डाको सेतो भागमा पहेँलो भाग भन्दा दुई गुणा बढी प्रोटिन पाइन्छ। यदि प्रोटिनको लागि अण्डा खाने हो भने सेतो भाग खान छुटाउनु हुँदैन।

के धेरै अण्डा खाँदा मुटुको समस्या र क्यान्सरको खतरा बढ्छ?
अण्डाले मुटुको समस्या बढाउने होइन घटाउने गर्छ। एक रिसर्च अनुसार अण्डामा हुने एन्टीअक्सिडेन्ट्सले मुटुको समस्या र क्यान्सरको सम्भावना कम गर्दछ।

के अण्डालाई फ्रिजमा राख्नु उपयुक्त हुन्छ?
अण्डा लाई धेरै समय बाहिरी वातावरणमा राख्दा यसमा हुने साल्मोनेला ब्याक्टेरियाको संङ्ख्या दुई गुणा बढ्छ। फिज्रमा कम तापमानमा (धैरै चिसो होइन) राख्दा अण्डा फ्रेस रहन्छ।

यो पनि पढ्नुस्।
हृदयघात हुनु अघि देखिने ८ लक्षण
मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण
दिमागमा राख्नुस् यी १२ कुराः कहिल्यै अशान्ती हुँदैन