अधिकांश रोगहरु कुनै न कुनै संकेतबाट पत्ता लगाउन सकिन्छ । यस्तै केहि स्वास्थ्य समस्या छन्, जुन अनुहारबाटै थाहा पाउन सकिन्छ ।

१. यदि तपाइको अनुहारमा मौनता छाएको छ भने थाहा पाउनुस् कि किड्नीमा कुनै न कुनै समस्या छ । यस्तो समस्या औषधिको साइड इफेक्टको कारण पनि हुन सक्छ ।
२. महिलाको माथिल्लो ओठ तथा हड्डीमा रौ उम्रिनु भनेको थाइराइड ग्रन्थीमा तलमाथी भएको संकेत हुन सक्छ ।
३. लामोसमय सम्म अनुहारमा पहेलोपन देखिनु कलेजोको रोगको संकेत हो । साथै यो एनिमियाको संकेत समेत हुन सक्छ ।
४. क्याल्सियमको अभावमा अनुहारमा सेतो दाग देखा पर्दछन् । साथै सेतो दाग देखा पर्नु आइरनको कमी अथवा पेटमा जुका परेको संकेत पनि हुन सक्छ ।
५. पुरुषको दाह्रिको रौ झर्नु हाइपोथाइर्वाईडिज्म र एनेमियाको संकेत हो ।
६. अनुहारमा चमकदार सेतो दाग देखा पर्नु कुष्ठरोगको संकेत हो । यो एकदमै गम्भिर समस्या भएकोले संकेत देखा पर्नासाथ सम्बन्धित डाक्टरको सल्लाह लिनुपर्छ ।
७. अनुहारमा खटिरा देखा पर्नु चिकेनफक्सको संकेत हो । यस्तो अवस्थामा व्यक्तिलाई खोकी लाग्ने समस्या समेत हुन सक्छ ।
८. अनुहारमा लामो समयसम्म डन्डिफोर देखा पर्नु हर्मोनल इम्व्यालेन्सको संकेत हो । पेटसम्बन्धि रोगको कारण पनि अनुहारमा डन्डिफोर देखा पर्दछ ।
९. लगातार कैयौ दिनसम्म अनुहारमा चिलाउने समस्या भएमा एन्जियोएडिमा अर्थात अनुहार सुन्निने संकेत हुन सक्छ ।
१०. अनुहारमा हल्का दाद देखा पर्नु भनेको पेटमा विभिन्न ब्याक्टेरिया भएको संकेत हो ।