२६ भदौ, एजेन्सी ।

इर्मा नामक सामुन्द्रिक आँधीले अमेरिकाको तटीय शहर फ्लोरिडामा ठूलो क्षति पु¥याएको छ । आँधीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

आँधीसँगै परेको भारी वर्षाका कारण शहरका विभिन्न भाग जलमग्न भएका छन् । २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण २५ लाख घरमा बिजुली कटौती भएको छ ।

आँधीले क्षति पु¥याएका फ्लोरिडाका विभिन्न भागमा उद्दार कार्य चलिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले उल्लेख गरेका छन् । ६५ लाख मानिसलाई सुरक्षित स्थानमा जान अपिल गरिएको थियो ।

इर्मा पछिल्लो १० वर्षको सबैभन्दा शक्तिशाली आँधी हो । यसका कारण क्यारेबियन द्वीपमा २५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रिय आँधी केन्द्रका अनुसार इर्मा फ्लोरिडाबाट फोर्ट मेयर्स शहरतर्फ अघि बढेको विबिसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका लागि अपातकाल घोषणा गर्दै आपतकालीन संघीय सहायतका लागि स्वीकृती दिनुभएको छ ।