८ चैत,  एजेन्सी ।

अमेरिकलले मध्यपूर्व र दक्षिण अफ्रिकी ८ देशबाट आउने विमानमा ल्यापटप, ट्याव्लेट, क्यामेरा लगायतका विधुतीय सामग्रीमा प्रतिबन्ध लगाउने भएको छ । यी ८ देशका यात्रुले विमान भित्र यात्रुले आफैसंग राख्न पाउने ब्यागमा इलेक्ट्रोनिक सामान राख्न नपाउने भएका हुन । विधुतिय उपकरणमा पर्ने चिकित्सा मेसिन, मोवाइल तथा स्मार्टफोनमा भने प्रतिबन्ध लगाइएको छैन।

यो प्रतिबन्धले ८ राष्ट्रका १० विदेशी एअरलाइन्स प्रभावित बन्ने भएका छन् । तर अमेरिकी एअरलाइन्समा भने यसको असर नपर्ने बताइएको छ ।

प्रतिबन्धबारे डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले कुनै प्रतिक्रिया नजनाएपनि औपचारिक रुपमा मंगलबार घोषणा गर्ने जनाइएको छ । प्रतिबन्ध आजैदेखि लागु हुने बताइएको छ ।

गत फेव्रुवरीमा दुवईको विमान कम्पनीद्धारा सञ्चालित डाल्लो एयरलाइन्स सोमालीको राजधानी मोगाडिसुमा विष्फोट भएको थियो । विमान यात्रुले बोकेको ल्यापटप बम विस्फोट हुँदा विमानमा क्षतिपुगेका थियो। विमानमा प्वाल पर्दा ती व्यक्ति विमानबाट बाहिर तानिएका थिए र आत्मघाती बिस्फोट गर्ने ती व्यक्तिको मृत्यु भएको थियो । विष्फोट पश्चात पाइलटले विमानको सफल अवतरण गराएका थिए। घटनाको जिम्मा अलकायदासंग जोडिएको इस्लामिक अलशवावले लिएको थियो । यो घटनाले विमानमा यात्रुले बोक्ने इलेक्ट्रोनिक सामानलाई लिएर अमेरिका चिन्तित बनेको थियो।

खबरका अनुसार जोर्डन र साउदी अरबलाई पनि प्रतिबन्धको दायरामा ल्याइने छ । यसैविच रोयल जोर्डियन एअरलाइन्सले ट्विट गर्दै भनेको छ कि, मंगलबार देखि यात्रुले बोक्ने विधुतीय उपकरणमा प्रतिबन्ध लगाएको छ ।

यी १० एयरपोर्टमा इलेक्ट्रोनिक सामान प्रतिबन्ध लगाइएको छ:

क्विन आलिया इन्टरनेशनल, आमन, जोर्डन
कायरो इन्टरनेशनल एयरपोर्ट, इजिप्ट
अतातुर्क एयरपोर्ट, इस्तानबुल, टर्की
किङ अब्दुलाजिज इन्टरनेशनल, जेदाह, साउदी अरब
किङ खालिद इन्टरनेशनल, रियाद, साउदी अरब
कुवेत इन्टरनेशनल एयरपोर्ट
मोहम्मद भी इन्टरनेशनल, कासाब्लान्का, मोरक्को
हामाद इन्टरनेशनल, दोहा, कतार
दुबई इन्टरनेशनल, युएई
अबुधाबी इन्टरनेशनल, युएई