अमेरिका पुगेका राजेश निकै उत्साही र खुसी देखिएका छन्। कम्तिमा सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेका तस्विरहरु हेर्दा यस्तै अनुमान लगाउन सकिन्छ। केही समय अघि अमेरिका पुगेका राजेश हमालले सामाजिक सञ्जालमा बेला बेला तस्विहररु सार्वजनिक गर्ने गरेका छन् । नेपाली चलचित्र उद्योगका महानायक हमालले कहाँ के गर्दैछन् सदैव चासोको विषय बन्ने गरेको छ। अमेरिकामा दिदीको घरमा रमाउँदै गरेको तस्विरहरु हमालले फेसबुकबाट सार्वजनिक गरेका हुन्।

rajesh hamal facebook pics (1)

अमरिका स्थिर ओहायोमा आफ्नी दिदीको घरमा भएको एक जमघटको सिलसिलामा खिचाएका तस्बिरहरु नायक हमालले फेसबुकमा अपलोड गरेका छन्। चक्कु लिएर हाँस्दै कुखुरा खाउँला झै गरि तस्बिर खिचाएका नायक हमाल अमेरिकामा दिदीको घरमा खुसी देखिन्छन्।

rajesh hamal facebook pics (2)

राजेश हमालको नयाँ चलचित्र बागमती चाडै रिलिज हुने तरखरमा छ। राजेश लगायत केकी अधिकारी, शिव श्रेष्ठ, रभिकार प्रसाद, मुकुन्द श्रेष्ठ, ध्रुव कार्कीको अभिनय रहेको बागमती यहि पुस २४ गते रिलिज हुनेछ। साउथ इन्डियन निर्देशन र प्रविधिले बनाइएको बागमतीको एक ट्रेलर भिडियो पनि रिलिज भइसकेको छ।

बाग्मतीमा राजेश हमालको दमदार एक्सन (ट्रेलर भिडियो)