८ चैत, एजेन्सी । दक्षिण सुडानको उत्तरपश्चिममा रहेको सहर वाउकोवाउ विमानस्थलमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको सुडानी अधिकारीले जनाएका छन् ।

विमानमा ४९ जना रहेको र सबै जना सकुशल रहेको विमानस्थलका ती अधिकारीले बताएका छन  ।

साउथ सुप्रिम विमानकम्पनीको विमान जुवाबाट वाउका लागि छुटेको थियो भने अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

“मेरो विचारमा चालकले मौसमको कारण विमानस्थलको धावनमार्गलाई राम्ररी देख्न नसकेकाले दुर्घटनाग्रस्त हुनपुगेको छ,” वाउ विमानस्थलका इन्जिनियर पर्ल चाल्र्सले बताए ।

अवतरणका समय धावनमार्गमा विमानबाट बाक्लो कालो मुस्लो निस्केको दृश्य स्थानीय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ । विमानको पछिल्लो केही भाग बाहेक सवै जलेर नस्ट भएको छ ।