१४ असार, सिड्नी। गत वर्ष  भएको राष्ट्रिय जनगणना अनुसार अष्ट्रेलियामा नेपाली भाषा बोल्नेको संख्या ६२ हजार नाघेको छ।

 

अष्ट्रेलियाली तथ्याङक विभागले सार्वजनिक गरेको अनुसार ६२,००५ ले घरमा आफूले नेपाली भाषा बोल्नले बताएका थिए।

 

तथ्याङक अनुसार न्यु साउथ वेल्स मा ३४ हजार ६ सय ६ ले नेपाली बोल्दछन् भने भिक्टोरियामा यो संख्या १०,४१४ छ। यसै गरि क्विन्सलल्याण्डमा ५,९१८ ले नेपाली भाषा बोल्दछन् भने साउथ अष्ट्रेलियामा ४,५०४ नेपाली भाषी छन्।

 

यसै गरि वेस्ट्रन अष्ट्रेलियामा २,८३१, तासमानियामा १६४७, नर्दन टेरिटोरीमा १२१९ र एसीटीमा ८६६ ले नेपाली भाषा बोल्दछन्।