२५ साउन, काठमाडौं ।

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बावुराम भट्टराईलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका छन् । अध्यक्ष ओलीले मूत्रथैलीको शल्यक्रियापछि गत शुक्रबारदेखि भक्तपुरको नागरिक अस्पतालमा उपचाररत भट्टराईलाई भेटेर वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

भट्टराईलाई भेटेर अध्यक्ष ओलीले उनको स्वाथ्य लाभको कामना गरेका छन् । भट्टराईलाई भेटेपछि ओलीले भने, ‘उहाँको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको प्रोष्टेडको अपरेशन बहुत सफलताका साथ भएको छ, उहाँको स्वास्थ्यस्थिति यति छिट्टै राम्रो अवस्थामा पाएँ । छिट्टै नै पुर्णरुपमा उहाँ निको भएर आउनुहुनेछ ।’

राजनीति गर्ने मान्छेहरु बिरामी भएर अस्पतालमा भएपनि देशको चिन्ता लाग्ने भन्दै ओलीले भने, ‘चिन्ता लाग्नु स्वभाविक हो । तर त्यस्तो उल्लेखनीय नयाँ केही हेरफेर तनाव दिने निर्णय हामीले केही गरेका छैनौं ।’