काठमाडौं, २७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार चेन्नाइ सुपर किंग्स र मुम्बई इण्डियन्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे चेन्नाइमा हुनेछ । लिग तालिकाको शीर्ष स्थानमा रहेको चेन्नेईले ११ खेलबाट १६ अंक जोडेको छ भने तेस्रो स्थानको मुम्बईले १० खेलबाट १२ अंक जोडेको छ ।

आजको खेलमा विजयी भए चेन्नेई प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ । तर मुम्बई चेन्नेईविरुद्ध धेरैजसो खेलमा हाबी हुने गरेका कारण चेन्नाइका लागि त्यति सहज भने छैन । मुम्बईले पनि आज जितेमा प्लेअफ प्रवेशको संभावना बलियो हुनेछ ।