बि.स.२०७४ वैशाख ३१ गते । आईतबार । ईश्वी सन् २०१७ मे १४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि तृतीया,७ घडी २३ पला । बिहान ८ बजेर १५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मुल ४७ घडी २३ पला । योग सिद्ध ३२ घडी ३२ पला, दिउँसो ६ बजेर १८ मिनेट उप्रान्त साध्य । करण भद्रा, बिहान ८ बजेर १५ मिनेट उप्रान्त वव, बेलुका ९ बजेर ११ मिनेट उप्रान्त वालव । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि धनु ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १८ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४४ मिनेट जाँदा । दिनमान ३३ घडी ३७ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । खोज तथा अनुशन्धानमा गरिएको लगानीबाट भनेजस्तो सफलता पाउँन मुस्किल रहेकोछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा गरिएको लगानिबाट राम्रै आम्दानी हुँनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पढाई लेखाईमा समय नदिदा अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा सन्तोष जनक नाफा कमाउँन सकिनेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । माया प्रेममा सामान्य अबिश्वास पैदा हुन सक्छ भने पति पत्नि बिच मनमुटाब बढ्नेछ । समस्या तथा चुनौतिको सामना गर्नु पर्नेछ भने समाधान गर्न समय लाग्नेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुदा दैनि काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिश्पर्धीहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । कृषि तथा पशुपालन व्यवसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केहि मात्रामा सफलता पाईनेछ । माया प्रेममा आफ्नो मायालुलाई समय दिन नसक्दा सामान्य मनमटाव बढ्नेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दाजुभाई तथा छिमेकीसँग अनाबस्यक बिवाद हुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरी देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुँन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आय आर्जनमा बृद्धि हुनेछ भने परिवारजन तथा आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहजता हुँनेछ । पढाई लेखाईमा सुधार आई नतिजा आफ्नै पोल्टोमा पर्नेछ । ब्पापार व्यवसायमा लगानि गरि प्रशस्त आम्दानी गर्न सकिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ भने व्यवसायमा लगानि गरेपनि आम्दानी थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । माया प्रेममा धोका अबिश्वास सिर्जना हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारी साधन तथा अन्य सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारी धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समय र परिस्थितिको अध्ययन गरेरमात्र अगाडि बढ्नुहोला आफन्त तथा साथिभाईहरुको समर्थन नहुँन सक्छ । आफन्त तथा शुभचिन्तकको सुझाबलाई बेवास्ता गर्दा दुख पाईन सक्छ । योजनाहरु भए केहिदिनको लागि स्थगित गर्नुहोला समय त्यति उत्तम छैन । व्यापार व्यवसाय खस्केर जानेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला विवाद निम्तिन सक्छ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ भने धर्म कर्ममा मन जानेछ । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानि नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२