बि.स.२०७४ जेष्ठ ०४ गते । बिहिबार । ईश्वी सन् २०१७ मे १८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि सप्तमी,१९ घडि ३५ पला । दिउँसो १३ बजेर ०५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र श्रवण ० घडी ५७ पला, बिहान ५ बजेर ३८ मिनेट उप्रान्त धनिष्ठा । योग ब्रम्ह ३१ घडी २८ पला,बेलुका ५ बजेर ५० मिनेट उप्रान्त ऐन्द्र । करण वव, दिउँसो १३ बजेर ०५ मिनेट उप्रान्त वालव । आनन्दादिमा ध्वज योग । चन्द्रराशि मकर बेलुका ६ बजेर ८ मनेट उप्रान्त कुम्भ ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४६ मिनेट जाँदा । दिनमान ३३ घडी ४७ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । कार्यक्षेत्रमा तपाईको कामको तथा तपाईको निर्णयको सबैले सम्मान गर्नेछन् । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराएर दैनिकी फेर्न सकिनेछ । खोज तथा अनुसन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । शिक्षा तथा पर्यटन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

घर परिवार बिशेष गरि दिदीबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचढाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापार व्यवसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण, रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारी व्यवसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने हुँदा जीवनस्तर उस्कनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अग्रगामी छलाङ मार्न सहज हुँनेछ । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसीले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुँनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्यक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

घर जग्गा तथा माटोसँग सम्बन्धित कामहरुबाट मनग्गे नाँफा कमाउँन सकिनेछ भने कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने तथा जनताको पक्षमा कामगर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने तथा प्रतिश्पर्धिहरुलाई हराउँदै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । आमा तथा आफन्तको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खेलकुद तथा खेलकुद सँग सम्बन्धित गतिबिधिमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकीबाट उच्च मुल्याङकन हुँनेछ । व्यापार व्यवसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यवसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा बेहोर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने तथा नहुँने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुँन सक्छ । राम्रा काम गर्दा गर्दै पनि फसाउँने तथा खुट्टा तान्नेहरु हावि हुँनेछन् । आफन्त तथा साथिभाईहरुले नै रुपैया पैसा लिएर फरार हुँन सक्छन् ध्यान दिनुहोला । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमि हुँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । लामो दुरीको बिदेश यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान दिनुहोला । पुरानो माया प्रेमले सताउँनेछ भने पति पत्निबिच सामान्य मनमुटाव सिर्जना हुँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसायमा लगानी गर्न केहि समय पर्खनु होला ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आम्दानीका नयाँ नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । सरकारी स्रोत साधन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुँने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुँने तथा नयाँ प्रकृतिका काम आउँनेछन् । माया प्रेममा एक अर्काबिच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२