बि.स.२०७४ जेष्ठ ०५ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी,१९ घडी ४१ पला । दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त नवमी । नक्षत्र धनिष्ठा ३ घडी ०९ पला, बिहान ६ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग ऐन्द्र २८ घडी ५० पला,बेलुका ४ बजेर ४७ मिनेट उप्रान्त वैधृति । करण कौलव, दिउँसो १३ बजेर ०७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि कुम्भ । पञ्चक । गोरखकाली पूजा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४७ मिनेट जाँदा । दिनमान ३३ घडी ५० पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पढाई लेखाईमा प्रगति गर्ने योग रहेकोछ भने तपाईले थालेको कामको धेरैले प्रशंसा गर्नेछन् । शुभ चिन्तकहरुको साथ सहयोगले चुनौतिको सामना गर्दै परिस्थिति अनुकुल बनाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

ईच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिने तथा नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरीमा पदोन्नति हुँनेछ । पुरानो प्रणालीमा परिमार्जन गरि प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु परास्त हुँनेछन भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । सरकारी तथा पैत्रिक धन तथा सम्पति हात लाग्ने योग रहेको छ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सानो प्रयासबाट नै ठुलो काम बन्नेछ भने व्यापार व्यवसायमा थोरै लगानिबाटनै भनेजस्तो नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा आफ्नो स्थान सुरक्षित गर्न सकिनेछ । ईज्जतिलो काम गरेर सबैको मन जित्न सकिनेछ । आफन्त तथा साथिभाई सँग मिठा मिठा कुरा गरि दिन कटाउँन सकिनेछ । धर्म कर्ममा ध्यान जाने तथा आफ्नो संस्कृति जोगाउँन समय खर्चिनु पर्नेछ । कामको शिलशिलामा शक्तिशालि व्यक्तिसँग प्रतिश्पर्धा गर्नुपरेपनि अन्तत तपाईको नाम सुरक्षित रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ । आफन्त तथा चेली माईती बिच बैमनष्यता बढ्नेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धेरै कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ भने डाहा तथा तपाईको नराम्रो सोच्नेहरु हार खानेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसि भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँने तथा बिजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यवसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ भने परिवारका आवश्यकताहरु  पुरा गर्न सकिनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सफलताको सुत्र पत्ता लगाउँन सकिने तथा पढाई लेखाईको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज वातावरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति तथा भौतिक सम्पतिहरु हात लागि हुँने योग रहेको छ । तपाईको बौद्धिकताको उच्च सम्मान हुँनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि हुँनेछ । मित्रहरुको फराकिलो सहयोगले नयाँ योजनाहरु कार्यान्वयन गर्न सहज हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनिति तथा समाजसेवामा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । नयाँ काम शुरु गर्नुभन्दा अगाडि राम्ररि बिचार पुर्याउँनुहोला ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने उपलब्धिमुलक छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले जोसिलो काम बन्नेछ । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथिभाईहरु खुसि हुँनेछन् । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । समुदाय तथा सामाजिक कामगरि नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । मन मिल्ने आत्मिय मित्र भेटिनुको साथै दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफ्ना भन्नेहरुलेनै धोका दिनेछन् भने नजिकका साथिहरु सँग दुरि बढ्नेछ । भौतिक साधनको अभावले कामहरु रोकिनुको साथै अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । परिस्थितिले ऋण भार बढाउँन सक्छ ध्यान दिएर काम गर्नुहोला ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२