१७ फागुन,चितवन। माडीको विकास हाम्रो अभियान, कृषि र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ आजदेखि माडी महोत्सव २०६९ शुरु हुँदैछ। । पहिलो पटक माडीमा आयोजना हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको महोत्सव मुल आयोजक समीतिले जनाएको छ। माडीको वसन्तपुरस्थित माडी माध्यमिक विद्यालयको खुला चौरमा हुने महोत्सवको उद्घाटन एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्तरुपमा गर्ने कार्यक्रम छ । उद्घाटन अघि विभिन्न स्थानबाट हात्ती सजो शोभायात्रा तथा विभिन्न झाँकी निकालिने कार्यक्रम रहेको छ । महोत्सव ७ दिनसम्म चल्नेछ ।