५ असार, काठमाडौं ।

दोस्रो चरणको निर्वाचन हुने तीनवटा प्रदेशका स्थानीय तहमा आज उम्मेदबारको नामावली सार्वजनिक हुुँदैछ । उम्मेदबारको दावि विरोध जाँचपछि आज साँझ साढे ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

आजै विहान १० बजेदेखि साँझ साढे ५ सम्म मनोनयन जाँचको समय निर्धारण गरिएको छ । निर्वाचन आयोगले भोली उम्मेदवारी फिर्ताको समय तोकेको छ । भोली नै उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

आगामी असार १४ गते १, ५ र ७ नम्बर प्रदेशका ३३४ स्थानीय तहमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा एउटा महानगरपालिका, ७ वटा उपमहानगरपालिका, १ सय ११ वटा नगरपालिकाका र २ सय १५ वटा गाउँपालिकामा चुनाव हुँदैछ ।

निर्वाचनबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते निर्वाचन हुनेछ । बाँकी ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ गते पहिलो चरणमा निर्वाचन भइसकेको छ ।