एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आजराति तीन ठूला टोलीहरुले खेल्दैछन् ।

पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सी सीटिको सामाना गर्दैछ । खेल नेपाली समयअनुसार बेलुकी साव ५ बजे स्वान्सीको लिबर्टी स्टेडियममा हुनेछ । लिगको पहिलो खेलमा युनाइटेडले वेस्टह्याम बिरुद्ध ४-० को सहज जित हात पारेको थियो भने स्वान्सी साउथ ह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको थियो ।

आज हुने खेलमा युनाइटेडले पहिलो खेलमै उतारेको सुरुआती ११ खेलाडी उतार्ने प्रबल सम्भावना छ भने घरेलु टोलीका लागि रकी मेंसाले डेब्यु गर्ने प्रबल सम्भावना छ । आजै साँझ पौने ८ मा हुने अर्को खेलमा लिभरपुलले आफ्नो गृह मैदान एनफिल्डमा क्रिस्टल प्यालेसको चुनौतिको सामाना गर्दै छ ।

पहिलो खेलमा वार्टफर्डसँग ३–३ को बराबरीमा चोटका कारण टिममा नरहेका स्टरिज टिममा फर्किएका छन् । प्यालेस भने खेलाडीको फर्म र चोटले पिरोलिएको छ । आजको अन्तिम खेलमा स्टोक सिटिले राती सवा १० बजे घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।

आजै हुने अन्य खेल हरुमा बर्नमाउथले वार्टफर्ड, बर्नलेले वेस्ट ब्रम, लेस्टरले ब्राईटन तथा साउथ ह्याम्पटनले वेस्ट ह्यामको सामना गर्नेछ ।