३ वैशाख, काठमाडौं।
आज चैत्र शुक्ल नवमी अर्थात राम नवमी । मर्यादा पुरुषोत्तम श्रीरामको पुजा र आराधना गरी देशभर मनाइँदैछ ।lord ram 2249369

आसुरीमाथिको विजय गरेका श्रीरामको सम्झनामा आज विश्व भरि कै राममन्दिरमा पूजापाठ गरिन्छ ।

आज काठमाडौंँको बतिसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्तीथत रामजानकीको मन्दिरमा मेला भर्न भक्तजनको घुइँचो लागेको छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

आजकै दिन भगवान श्रीरामको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुन्डमा स्नानका साथै रामगीता पाठ, रामायण वाचन गर्ने र रामको पूजा–आराधना गरी रातभर भजन–कीर्तन गर्ने गरिन्छ ।

यो पनि पढ्नुस्।

रावणले गरेका थिए एक भूल, नत्र श्रीरामले नि मार्न सक्थेनन् उनलाई…

रावणको मृत्युपश्चात के भयो मन्दोदरीको जीवनमा?