१३ भदौ, काठमाण्डौ ।

एमाओवादी नेता जनार्दन शर्माले आफू माथि लगाएको आरोपको पुष्टि गर्न एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई चुनौती दिएका छन् । सचिव भट्टराईले कैलालीको टिकापुर घटनामा एमाओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्माले योजना बनाएको भनेर आरोप लगाए पछि नेता शर्माले पुष्टि गर्न चुनौती दिएका हुन् ।

नेपाली हेडलाइन्ससँग कुरा गर्दै नेता शर्माले यसबारे भट्टराईसँग बुझ्दा आपूmले त्यस्तो नबोलेको दावी गरेको बताए । ‘योगेश जिले यस्तो बोल्नु भएहोला भन्नेमा शुरुमा त विश्वास लागेन, तर सबै मिडियाले आधिकारिक भन्दै लेखेपछि पत्याउनै परयो । नेता शर्माले भने, उहाँले यो सपनामा बोल्नुभयो कि विपनामा मैले छुट्याउनै सकेको छैन ।’

JANARDAN SHARMA

उनले नेता भट्टराईलाई कि पुष्टि गर्न नभए खण्डन गर्न चुनौती दिदै केही बेरमा पत्रकार सम्मेलन गर्ने बताएका छन् । यसबारे एमाले उपाध्यक्ष एवं गृहमन्त्री बामदेव गौतमसँग कुरा गर्दा आधिकारिक बुझेर जवाफ दिने बताएको शर्माले जानकारी दिए । एमाले अध्यक्ष के पी ओलीसँग कुरा गर्दा ओली कार्यक्रममा रहेकाले पछि जवाफ दिने बताएको पनि शर्माको भनाई छ ।

यसअघि एमाओवादीका अर्का नेता वर्षमान पुनले एमाले सचिव भट्टराई पागल भएको र मानसिक समस्या देखिएको आरोप लगाएका थिए ।