२५ जेठ, काठमाडौं ।

वर्षाका कारण खेल हुन नसकेपछि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रथम प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि बाँडेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले आयोजना गरेको प्रतियोगिताको विजेताका लागि २० लाख र उपविजेताका लागि १० लाख रुपैंया नगद पुरस्कार छुट्याईएको थियो । अव उपाधि बाँडिए पछि आर्मि र पुलिसले १५ १५ लाख रुपैयाँ पाउने छन् ।

नेपाल पुलिस क्लबले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउँदै आर्मीले ७ रन जोडेर एक विकेट गुमाएको अवस्थामा पानी परेपछि रोेकिएको खेल अगाडी बढ्न सकेन र दुवै टोली उपाधि बाँड्न बाध्य भए ।

जेठ ९ गतेदेखि सुरु भएको सर्बाधिक पुरस्कार राशीको राष्ट्रिय प्रतियोगितामा साविकका पाँच बिकाश क्षेत्र र तीन बिभागीय टोली गरी ८ टिमको सहभागिता थियो ।