एजेन्सी । डोनाल्ड ट्रम्पले शुक्रबार राती अमेरिकाका नयाँ राष्ट्रपतिको रुपमा सपथ लिए । महिलाहरु यसको विरोधमा जुलुस निकाले । राष्ट्रपति चुनावअघि ट्रम्पलाई विभिन्न महिलाहरुसँग यौन सम्बन्ध राखेको ओराप लागेको थियो । चुनाव अवधिभर ट्रम्पका बयानले धेरै हंगामा मच्चाएको थियो । यहाँ हामी यस्तै बयानका बारेमा भन्दैछौ ।

– ट्रम्पले सन् २००४ मा आफ्नो किताब ‘हाउ टु गेट रिच’मा ‘द अप्रेन्टिस’ शोको बारेमा लेखेका थिए, ‘सबै महिला प्रतियोगीहरु मसँग जिस्किन्छन् । उनीहर जानी–बझुकन गर्छन् कि अन्जानमा थाहा छैन ।’

– सन् २०१५ अप्रिलमा ट्रम्पले ट्विट गरी हिलारी क्लिन्टनमाथि एकदम बेकारको बयान दिए । उनले भनेका थिए, ‘यदि हिलारी क्लिन्टन आफ्नो श्रीमानलाई सन्तुष्ट दिन सकिनन्, भने अमेरिकी जनतालाई कसरी सन्तुष्ट बनाउँन सक्निछन् ।’ यद्यपी, ट्रम्पले तुरन्तै डिलिट गरे तर, त्यसको स्क्रिन सट लिइसकिएको थियो ।

– ‘रोलिन्ग स्टोन’लाई दिएको एक अन्तरवार्तामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावमा आफ्ना प्रतिद्वान्दी ‘कार्ली फियोरीना’को अनुहारप्रति आलोचना गरेका थिए । उनले भनेका थिए, ‘उसको अनुहार त हेर, कसैले उनलाई भोट दिन्छ र ? के तपाई कल्पना गर्नुहुन्छ, हाम्रो भावी राष्ट्रपतिको अनुहार यस्तो हुनसक्छ भनेर ?’

– २००६ मार्चमा रिपब्लिकन उम्मेद्वारको एबीसीको टक शोमा आफ्नी छोरीको बारेमा दिएको बयान निकै चर्चित बन्यो । उक्त शोमा ट्रम्पलाई एक प्रश्न सोधिएको थियो, ‘के प्लेब्वय पत्रिकाका लागि तपाईकी छोरी इभोन्काले न्यूड तस्विर दिन सक्छिन् ?’ । यसको उत्तर दिँदै ट्रम्पले भनेका थिए, ‘मलाई लाग्छ इभान्काले यस्तो गर्नु हुँदैन । यद्यपी, उनको फिगर एकदमै राम्रो छ, यदि उनि मेरी छोरी नभइदिएको भए, शायद म उनलाई डेट गरिरहेको हुन्थे ।’

– ट्रम्पले २०१५ को जुनमा म्याक्सिकोलाई लिएर एक विवादित बयान दिन पुगे । उनले भनेका थिए, ’मेक्सिकोले कुनै पनि असल मान्छे अमेरिका पठाइरहेको छैन । मेक्सिकोका नागरिक देशमा ड्रग्स र अपराध लिएर आइरहेका छन् । जसलाई हामी असल मानिस सम्झदैछौँ, वास्तवमा उनीहरु बलात्कारी हुन् ।’

– डोनाल्ड ट्रम्पले ओरल्यान्डोको नाइट क्लबमा भएको फायरिङपछि मुस्लिमहरुलाई लिएर एक बयान बोले, जसले गर्दा बबाल विवाद उठेको थियो । ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रवेश गर्न निषेध गरिने बताएका थिए ।