५ फागुन‍, एजेन्सी।

उत्तर कोरियाली नेता किम जोङ उनका सौतने भाइ किम जोङ नमको पोर्स्टमोर्टम पुरा भएको छ। मलेशियाको क्वालालम्पुर एयरपोर्टमा सोमबार उडानको प्रतिक्षमा रहेका नमलाई विष सेवन गराइ मारिएको थियो। यो मुद्धामा दुइ महिला पक्राउ परेका छन् बने एकलाई बिहिबार अदालत पेश गरिएको छ।

नमको हत्याको पछाडी उत्तर कोरियाको हात हुनसक्ने अनुमान लगाइएको छ। यसको पुष्टि भने भइसकेको छैन। मलेसियाले नमको मृत्युको औपचारिक पुष्टि गरिसकेकोछ। उनी किम चोलको नामले यात्रा गर्दै थिए।

मलेसियाको सरकारी मिडियाले किमको हत्यासंग जोडिएकी दोस्री महिलालाई पनि पक्राउ गरिएको बताएको छ। प्रहरीले यसबारेमा आधिकारिक बयान पछि मात्र सार्वजनिक गर्ने बताएको छ। यी महिलाको पक्राउ सीसीक्यामेरा फुटेजको आधारमा गरिएको हो।

विमानस्थलनको सीसीक्यामेरामा कैद सेतो टिसर्टमा देखिएकी महिला पक्राउ

दक्षिण कोरियाली मिडियाको अनुसार यी दुइ महिलाले किम जोङ नममाथी क्वालालम्पुर एयरपोर्टमा सोमबार केमिकल आक्रमण गरेका थिए।

बिहिबार उत्तर कोरिया किम जोङ इलको ७५ औँ जन्मदिन मनाउँदै थियो। यीनै दिवंगत नेताका पुत्र उत्तर कोरियाका वर्तमान शासक किम जोङ उन हुन। किम जोङ उन बुधबार सत्ताधारी पार्टीको बैठकमा सहभागी भएको देखिएको बीबीसीले लेखेको छ।

बुधबार उत्तर कोरियाले नमको शव मागेको बताइएपनि कोरियाली दुतावासका अधिकारी अस्पताल आएको तर आधिकारीक रुपमा शवको माग नगरेको बीबीसीले लेखेको छ।