१९ वैशाख, एजेन्सी।

उत्तर कोरियासंग बढ्दो तनावबीच अमेरिकी सेनाले आफ्नो विवादित थाड (THAAD) मिसाइल डिफेन्स सिस्टम दक्षिण कोरियामा तैनाथ गरेको छ।

यो प्रतिरक्षा प्रणाली उत्तर कोरियाको मिसाइल रोक्न सक्षम हुनेछ।

तथापि यो मिसाइल प्रणाली पुरै अपरेशनल छैन र पूर्ण कार्यक्षमताका साथ सञ्चालनमा आउन लागि अझै केही महिना लाग्छ।

अघिल्ला केही महिना उत्तर कोरियाले लगातार चेतावनी दिइरह्यो। यति मात्र होइन, अमेरिकी एयरक्राफ्ट क्यारिअर र पनडुब्बी पनि सो क्षेत्रमा तैनाथ छ र अहिले तनावको माहोल छ।

उत्तर कोरियाले अमेरिकी सैन्य अभ्यास विरुद्ध कडा आपत्ति जनाउँदै अमेरिकाले सो क्षेत्रमा परमाणु युद्धको वातावरण बनाउने कोसिस गरेको बताएको छ।

एक दिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शासक किम जोङ उनसंग ‘सहि परिस्थिति’मा भेटेर सम्मानित महसुस गर्ने बताएका थिए।


थाड मिसाइल प्रणाली अर्थात टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स। यसलाई दक्षिण कोरियाको सियोङ्गजुमा तैनाथ गरिएको छ। तर यसको तैनाथीलाई लिएर स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

अमेरिकी सेनाका प्रवक्ताले यो प्रणालीको सहयोगले कोरियाली गणतन्त्रको सुरक्षा सुनिश्चित हुने बताएका छन्।

तर अमेरिकाका एक अर्का रक्षा अधिकारीले एएफपीसंग भनेका छन्, यो प्रणाली अहिले सुरुवाती चरणमा छ र यसलाई ‘फुलप्रुफ’ बनाउन अझै केही महिनाको समय लाग्छ।

तर विरोध गरिरहेका स्थानीय यो प्रणाली तैनाथीसंगै सो क्षेत्रमा आक्रमणको सम्भवना बढ्ने बताउँछन्।

चीनको विरोध
यता चीनले पनि यो प्रणालीको कडा विरोध गरेको छ । यो प्रणालीले सीनको सैन्य अभियानमा खलल पैदा गरेको चीनले बताएको छ।

आफ्नो हित रक्षाको लागि आवश्यक कदम उठाउने पनि चीनले भनेको छ।

अघिल्लो वर्ष जब थाड प्रणाली कोरियामा तैनाथ गर्ने अमेरिकाले जानकारी दिएको थियो तब उत्तर कोरियाले आलोचना गर्दै यसको कडा जवाफ दिइने बताएको थियो।

के हो थाड प्रणाली ?


यो प्रणालीले मध्यम रेन्जको ब्यालेस्टिक मिसाइललाई उडानको सुरुवाती चरणमै खसाल्न सक्छ।
यसको प्रविधि ‘हिट टु किल’ हो अर्थात आफुतर्फ बढिरहेको मिसाइल रोक्ने होइन ध्वस्त गरिदिन्छ।
यसले २०० किलोमिटर टाढा र १५० किलोमिटरको उचाइसम्म प्रहार गर्न सक्छ।

उत्तर कोरियाको आक्रमणबाट बचाउनको लागि अमेरिकाले यो भन्दा अघि गुवाम र हैटीमा पनि यो प्रणाली तैनाथ गरेको थियो।