१२ वैशाख, एजेन्सी।

कोरियाली प्रायद्विप क्षेत्रमा तनाव बढेपछि रुसले उत्तर कोरियाली सीमामा सेना र सैन्य उपकरण पठायो भनी केही दिन अघि बेलायती पत्रिका डेलीमेलले लेखेको थियो। सो खबर सार्वजनिक भएपछि रुसले यसको खण्डन गरेको थियो।

अहिले सूदुर पूर्वी क्षेत्रका रुसी सैन्य प्रवक्ता अलेक्जेन्डर गोर्डिभले सो क्षेत्रमा सैन्य उपकरण तैनाथ गरिनुको कारण खोलेका छन्।

सो इलाकामा ट्रेनिङ कार्यक्रम अन्तर्गत सैन्य उपकरण तैनाथ गरेको उनले बताएका छन्।

यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’

सेनाको अभ्यास योजना अनुसार नै उत्तर कोरियाली सीमा नजिक यसरी उपकरण र सेना लगिएको उनले बताएका छन्। उनको अनुसार सो क्षेत्रका सेनालाई चिसो मौसममा टेस्ट गरिएको र यो अप्रिल ३ देखि २९ सम्म जारी रहनेछ। यो सेनाको अभ्यास योजना अनुसार भएको हो।

केही दिन पहिले डेलीमेलले ‘ ट्रम्पले किम जोङ उनलाई आक्रमण गर्ने सक्ने डरले चीनले उत्तर कोरियाली सीमा आफ्नो सेना पठाएसगै पुटिनले पनि रुस र उत्तर कोरियाली सीमामा आफ्नो सेना पठाएको’बारे समाचार छापेको थियो। त्यो बेला रुसले खण्डन गरेपनि खबर सत्य भएको अहिले प्रमाणित भएको छ।

यो पढ्नुस्।

चिनियाँ बमर तयारी अवस्थामा, दक्षिण कोरिया सतर्क, रुसले गर्यो शंकास्पद गतिविधि