३ असोज, एजेन्सी ।

उत्तर कोरियाले विश्व समुदायको प्रतिबन्ध र ब्यापक दबाबका सामू कुनै हालतमा नझुक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगाएको नयाँ प्रतिबन्धबारे औपचारिक प्रतिक्रिया दिँदै उसले प्रतिबन्धले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेको हो ।

उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध र दबाबले आफ्नो परमाणु कार्यक्रमलाई थप गति प्रदान गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

उत्तर कोरियासँगको तनाव बढिरहेका बेला यसअघि हिजो अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको थियो ।

उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । हिजो चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।