१६ वैशाख, एजेन्सी।

अमेरिका र उत्तर कोरियाबीच तनाव दिनानुदिन बढ्दो छ।
ट्रम्प प्रशासन प्योङ्गयांग विरुद्ध आर्थिक प्रतिबन्ध अझै कडा गर्ने र किम जोङ उनको परमाणु हतियार कार्यक्रम र ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने उद्देश्यले मिसाइल रक्षा प्रणाली सक्रिय गर्ने तयारीमा छ।

उत्तर कोरियाले अझै मिसाइल र परमाणु परीक्षण गर्ने निर्णय गरेको छ।

यस्तो स्थितिले कयौं प्रश्न खडा भएको छ। यसै विषयमा बीबीसीमा एक लेख प्रकाशित भएको छ।

उत्तर कोरियामाथी आर्थिक प्रतिबन्ध कडा गर्दा के असर हुन्छ ?

उत्तर कोरियामाथी अहिले पनि व्यापक प्रतिबन्धहरु छन् तर ती प्रभावी ढंगले लागु गरिएको छैन। उत्तर कोरियाको मिसाइल परीक्षणको अंशबाट उसको इलेक्ट्रोनिक स्रोत चीनको उद्योग सम्बन्धित रहेको हालै संयुक्त राष्ट्रसंघले गरेको अध्ययनमा खुलेको छ।

त्यसैले मिसाइलबारे विशेष प्रतिबन्ध लागू गराउनेसंगै उत्तर कोरिया माथी आर्थिक रुपमा दबाब बनाउन चीनले धेरै गर्नसक्ने ठाउँ छ।

तर बेइजिङ उत्तर कोरियाको शासन पतन नहोस् भन्ने चाहन्छ। तर मौजुद प्रतिबन्धको नियम निकै मुस्किल हुन सक्छ र उत्तर कोरियको जीवन अझै मुस्किल बनाउन कयौं अतिरिक्त आर्थिक कदम उठाइन सक्छ।

समस्या यो हो कि विस्तृत प्रतिबन्धले उत्तर कोरियामा अकालको स्थिति सृजना हुनसक्छ, कोही पनि उत्तर कोरियालाई यो हालतमा देख्न चाहदैनन्।

उत्तर कोरिया र चीनको प्रस्तावमा अमेरिका किन चुप ?

उत्तर कोरिया र चीनले प्रस्ताव राखिसकेका छन् कि यदी अमेरिकाले देशको सीमामा धम्काउनेखालका गतिविधि रोक्छ भने प्योङ्गयागले परमाणु विकास कार्यक्रम सम्भवत: रोक्नेछ। यस्तो किन गरिदै छैन ?

लामो समय देखि अमेरिकी नीतिको उद्धेश्य उत्तर कोरियाको परमाणु कार्यक्रम बन्द गर्ने रहदै आएको छ। तर यो सम्भव हुनसकेको छैन र लाग्छ कि अब उसलाई नियन्त्रण गर्न बल गरिदै छ। यस्तो कुनै पनि संकेत भेटिएको छैन कि उत्तर कोरिया आफ्नो परमाणु हतियार बन्द गर्न इच्छा राख्छ।

चीन कुटनीतिक तरिकाले अगाडी बढ्न उत्सुक छ । उदाहरणको लागि, विभिन्न सहुलियत दिदै उत्तर कोरियाको परमाणु हतियार कार्यक्रम सिमित गर्न सकिन्छ। तर यो असफल कोसिस पहिले पनि गरिसकिएको छ।

कोरियाली प्रायद्विपका देशहरुसंग के सन्धि छ?

दक्षिण कोरिया सन् १९५३ देखि अमेरिकासंग आपसी रक्षा सन्धिमा छ र यदि उसलाई धम्की दिइन्छ भने वाशिङ्टन सहयोगको लागि आउनेछ।

दक्षिण कोरियामा २८,५०० अमेरिकी सैनिक र युद्धपोत नियमित रुपमा तैनाथ रहन्छन्।

चीन र उत्तर कोरियाबीच पारस्पारिक सहायता र सहयोगको लागि सन् १९६१ मा एक सन्धि भएको थियो। जसमा रक्षासंग जोडिएका विषय छन् तर यो स्पष्ट छ कि यदि युद्ध भए चीन उत्तर कोरियाको सहयोग गर्नेछ।

अमेरिकी आक्रमणबाट बच्नको लागि उत्तर कोरियासंग के उपाय छ ?

यदि उत्तर कोरिया फेरि परमाणु परीक्षण गर्छ भने अमेरिका र उसका सहयोगी देशको आक्रमणबाट बच्न के गर्छ ?

यदि उत्तर कोरिया युद्ध गर्छ भने यसको सबैभन्दा ठूलो असर दक्षिण कोरियामा पर्नेछ। किनकी दक्षिण कोरियाको राजधानी सोल उत्तर कोरियाको हतियारको रेञ्जमा पर्छ।

निश्चित रुपमा उत्तर कोरिया शुरुवातीरुपमा युद्धमा अगाडी हुनसक्छ, तर अमेरिकी प्रविधि र आधुनिक अमेरिकी सैन्य उपकरणको अगाडी टिक्न कठिन हुनेछ। उत्तर कोरिया पुरै ध्वस्त हुनेछ। तर संगसंगै दक्षिण कोरियामा पनि ठूलो विनाश हुनेछ।

अमेरिका र उत्तर कोरियाबीच युद्ध भए चीनको के भूमिका हुनेछ ?

यदि उत्तर कोरियाले अमेरिकी पानीजहाज डुबाए, अमेरिकाले यस विरुद्ध कदम चाले चीनको के भूमिका हुन्छ, के यसको अर्थ विश्वभर परमाणु युद्ध होला ?

चीन यो बढ्दो तनावसंग परिचित छ। उ निकै कठिन  स्थितिमा छ। उ प्योङ्गयांगको शासन र त्यसको अस्थिर व्यवहार मनपराउँदैन। र उ यो पनि चाहदैन कि उत्तर कोरियाको शासन हटाइयोस्। किनकी चीन अमेरिका तर्फ झुकेको एकीकृत कोरियासंग खुसी हुनेछैन। यसको साथै उत्तर कोरियाको शासन पतन भए लाखौँ मानिस चीनमा शरणार्थी बनेर आउन सक्छन्।

उत्तर कोरियाले आक्रमण गरे यूरोपमा के असर हुनेछ?

यदि उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकामाथी परमाणु आक्रमण गर्छ भने युरोपमा त्यसको कस्तो असर पर्छ ?

उत्तर कोरियासंग युरोपसम्म प्रहार गर्ने क्षमताको हतियार छैन। परमाणु आक्रमणले पर्यावरणमा कस्तो असर पर्छ त्यो भन्न मुस्किल छ। यो आक्रमणको आकार र वायुमण्डको स्थितिमा निर्भर हुन्छ।

आम उत्तर कोरियाली नागरिक के सोच्छन ?

उत्तर कोरियाको विरुद्ध सुरक्षालाई लिएर अमेरिकी तयारीको बारेमा आम उत्तर कोरियालीलाई के थाहा छ ?

उत्तर कोरिया त्यस्तो देश हो, जहाँका नागरिकहरु त्यही मात्र जान्दछन् जे उसको सरकार बताउँछ। यो त्यहि देश हो जो मिसाइल बनाउन सक्छ भने कहिले आफ्नो देशका मानिसलाई भरपेट खुवाउन समेत सक्थेन।

परमाणु हतियार सम्पन्न दुश्मनले घेरिएको देशको रुपमा पनि उत्तर कोरियालाई लिइन्छ। त्यसैले प्योङ्गयांग यस्ता हतियार आफ्नो लागि राखेर उच्च सैन्य समाज बन्ने प्रयत्नमा छ।