२७ जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

मोदीले नेपालको नाम लिँदा अमेरिकी संसदमा ताली बज्यो (भिडियो सहित)

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले बताए ।

कमल थापालाई भारतको शर्तः भनेको बेला ओलीको साथ छोड्नु पर्छ !

उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्केने छन् ।

kamal thapa to india at airport (1)

तीन दिने भ्रमणको क्रममा थापाले उच्च स्तरको राजनीतिक भेटघाट गर्नुका साथै भारतीय कुटनितिज्ञ, विश्लेषक तथा वरिष्ठ पत्रकारहरुसँग नेपाल–भारत सम्वन्धको विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

एउटा अनौठो समुदायः जहाँ महिला ६५ वर्ष पछि पनि जवान हुन्छन् (फिचर)

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री थापाको भेटघाट तय भईसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने सम्भावना छ ।

चीनको चेतावनी -चीनलाई पन्छाएर भारतको भलो हुँदैन