२ साउन, काठमाडौं । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ ।

युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८:१० मिनेटमा शुरु हुने खेलमा नेपालले विजय लक्ष्यका साथ उज्वेकिस्तानको सामना गर्नेछ ।

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि उज्वेकिस्तानलाई हराउनै पर्ने दबाब छ । तर शनिबार भएको पहिलो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले छनोट हुने सम्भावना न्यून बनेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हासिल गर्न आवश्यक छ ।