२ मंसिर, काठमाडौं ।
गत स्थानीय तहको निर्वाचनमा एकजना मतदाता बराबर ५ हजार रुपैयाँ खर्च भएको एक अध्ययनले देखाएको छ ।

निर्वाचनको समयमा हुने आर्थिक कारोबारसम्बन्धी निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार काठमाडौमा सार्वजनिक गरेको तथ्यांकअनुसार एकजना मतदाता बराबर उम्मेदवारकोमात्रै ५ हजार खर्च भएको हो ।

अध्ययनले चुनाव व्यक्तिपरक भएको र अनावश्यक तडक–भडकमामात्रै ठूलो रकम खर्च भएको पनि देखाएको छ । कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनमा केहि खर्च स्वभाविक भएपनि आवश्यकता भन्दा बढि खर्च नियन्त्रण गर्न सरकार र सम्बन्धीत पक्ष आफै गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अनुसन्धानकर्ताहले चुनावको समयमा हुने ठूलो खर्च पारदर्शीसमेत नभएको बताएका थिए ।