हिन्दुधर्ममा कल्पतरु, बौद्धर्ममा बोधिवृक्ष, ईसाईधर्ममा यु, यहुदीको काबाला, विश्वका धर्मालम्बीहरु यी रुखहरु पुज्ने गर्छन। यी रुखहरुलाई ज्ञान, खुसी अनि चिर आयुको प्रतिक मानिन्छ। रुखकै कुरा गर्दा, एकै रुखमा ४० फल फल्ने अलौकिक रुख पनि यहि धर्तीमै छ।

‘ट्रि अफ ४०’ को नामले चर्चित यो रुखमा आरु, खुर्पानी, चेरी जस्ता अनौको फल फल्छ। अमेरिकाका एक प्रोफेसरले यो रुख उमारेका हुन। जसको मुल्य ३०००० हजार डलर पर्न आउँछ। फलमात्र होइन कयौं रंगका फूलहरुपनि यहि रुखमा फुल्ने गर्छ।

Tree of 40 (3)

अमेरिकाको सेराक्युज युनिभर्सिटीमा भिजुअल आटर्सकाका प्रोफेसर तथा आर्टिस्ट वान ऐकेनले यो रुखलाई तयार गरेका हुन।

यो कामको सुरुवात २००८ मा भएको थियो, जब वान ऐकेनले न्युयोर्क स्टेट एग्रीकलचरल एक्सपेरिमेन्टमा एक बगैँचा देखे, जसमा २०० प्रजातीका फलका रुख थिए। सो बगैँचा पैसाको कमीले बन्द हुनेवाला थियो। बगैँचामा कयौं प्राचिन अनि दुर्लभ वनस्पति पनि थिए।

उनी आफैले सो बगैँचा भाडामा लिए अनि ग्राफ्टिंङ प्रविधिको मद्दतले उनले ‘ट्रि अफ ४०’ जस्तो अद्भुत विरुवाको विकास गरे। उनले अमेरिकाको ७ राज्यमा १६ यस्तै विरुवा रोपेको बताउँछन्।

Tree of 40 (6)

गर्मी मौसममा एक विरुवाको हाँगा काटेर अर्को विरुवामा प्वाल पारी जोडिने गर्छ। ग्राफ्टिङ गर्दा यसरी जोडिएको ठाउँमा पोषक तत्व लगाइ पट्टीले बाँधेर राखिन्छ। विस्तारै जोडिएको हाँगो मुख्य बोटसंग जोडिन्छ अनि त्यसमा हाँगा अनुसार फूल अनि फल फल्न सुरु हुन्छ।

Tree of 40 (1) Tree of 40 (7) Tree of 40 (5) Tree of 40 (4) Tree of 40 (2)