पानीमा डुबेको एउटा सहर इतिहासकार आज पनि खोज्दैछन्। त्यो थियो ग्रीक सभ्यताको सहर ‘एटलान्टिस’। यसलाई एटलान्टिसको हराएको सहर पनि भन्ने गरिन्छ।

atlantis the mistery island (1)

यस्तो मानिन्छ कि कुनै समयमा एटलान्टिक महासागरमा एक टापु थियो ‘एटलान्टिस’ नाम गरेको। यो टापुको सन्दर्भ युनानका दार्शनिक तथा गणितिज्ञ प्लेटोको कथाहरुमा पनि भेटिन्छ। ३६० इसा पुर्व प्लेटोले यो टापुलाई विश्वकै सर्वाधिक सभ्य नागरिक सभ्यताको केन्द्र मानेका थिए। समुन्द्रमा डुबेर एक रहस्य बेनेको यो सहर पुरै युरोपको केन्द्र पनि मानिने गरेको थियो।

atlantis the mistery island (4)

समय-समयमा इतिहासकार दाबी गरिरहन्छन् कि यो सहर अहिले पनि एटलान्टिक महासागरमा कतै दबेर बसेको छ र यसको प्रमाण पनि भेटिने गरेको छ। चर्चित लेखक चार्ल्स बर्लिटजले आफ्नो किताब ‘द मिस्ट्री अफ एटलान्टिस’ मा यसको अस्तित्व सावित गरेका छन् र यो गायव भएको बर्मुडा ट्र्याङ्गल झै रहस्य भएको बताएका छन। केही वैज्ञानिक र इतिहासकार भने कुनै न कुनै दिन यो सहर खोजी निकालिनेमा विश्वस्त छन्।

साँचो के हो?

अहिले सम्म एटलान्टिस सहरको अस्तित्व दार्शनिक प्लेटोको कल्पना मात्र मानिने गरेको छ। समुन्द्र तल कुनै पनि अवशेष अहिले सम्म नभेटिएकाले इतिहासकारहरु यो सहरको अस्तित्वलाई सप्रमाण दाबा गर्न सकेका छैनन। यसको क्षेत्रफल पुरै एसियाको भन्दा ठुलो रहेको विश्वास गरिन्छ।

atlantis the mistery island (5)

यति ठुलो क्षेत्रफल भएको विश्वास गरिने एटलान्टिस सहर ओशियोग्राफीको आधुनिक प्रविधि, पनडुब्बी र गहज खोजको बावजुद वैज्ञानिकहरुले नभेटको भएर यसको अस्तित्वमै शंका छ।

विश्वका ५ रहस्यमय धन, खोज्न जाने हजारौं मानिसले गुमाए ज्यान

atlantis the mistery island (3)

प्लेटोको कथामा एटलान्टिक महासागरको जुन हिस्सामा यो सहर दबिएको बताइएको छ, त्यहाँ त्यति ठुलो ठाउँ नै नभेटिएको वैज्ञानिक बताउँछन्।

के समुन्द्रले त्यति ठूलो सहर पुरै निलेको होला? विश्वभर इतिहासमा जिज्ञासा राख्ने मानिस अहिले पनि हराएको एटलान्टिस शहर खोज्दै छन्।

यो पनि पढ्नुस्।

तेश्रो विश्व युद्ध भैहाल्यो भने के के सम्म हुन सक्छ (फोटो फिचर)

चीनमा बन्दैछ विश्वकै सबैभन्दा ठुलो रेडियो टेलिस्कोप

विश्वको सबैभन्दा ठुलो मानव निर्मित संरचना ‘ग्रेट वाल’कै नक्कल

विश्वका ५ रहस्यमय ठाउँ