२० भदौ, काठमाडौं ।

चीनस्थित गैर आवासिय नेपाली संघले नेपालको तराई क्षेत्रका बाढी पीडितलाई राहत वितरण गरेको छ ।

गैर आवासिय नेपाली संघ चीनका सदस्य डा राजिव क्षेत्रीको संयोजकत्वमा बाढी प्रभावित क्षेत्र पुगेको टोलिले रौतहटको गौर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सिरहा र सप्तरीका प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत बितरण गरेको हो ।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु तथा व्यवसायीहरुबाट संकलित ३ लाखभन्दा बढी रकम बराबरको खाद्यान्न, चामल, नुन, तेल, लत्ता कपडा लगायतका राहात सामाग्री ३ सय ५० परिवारलाई वितरण गरेको टोलिका सदस्य कमल सापकोटाले जानकारी दिए ।