एप्पलले आउने महिना आफ्न नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ। चर्चा छ कि मार्च १८मा सार्वजनिक हुने आइफोन ५एसई एप्पलले सस्तो मूल्यमा बजारमा ल्याउन लागेको छ । प्रयोगकर्ताको ंसङ्ख्या अझै बढाउने हेतुले एप्पलले नयाँ आईफोनको मूल्य कम गर्न लागेको हो।

तस्बिर: प्रस्तुतिको लागि मात्र

तस्बिर: प्रस्तुतिको लागि मात्र

सस्तो मूल्यमा एप्पलले सार्वजनिक गर्न लागेको आईफोनमा के के हुने छन् सुविधा?

पातलो र मेटालिक बडीiphone 5se demo pics (2)
आईफोन ५एसई को मेटालिक बडि हुने चर्चा छ। नयाँ आईफोन पुराना आईफोन भन्दा अझै सस्तो र आईफोन ६एस संग मिल्दोजुल्दो डिजाइन हुनेछ।

आईफोन ६एस कै रंगमा उपलब्ध हुने
नयाँ आईफोन, आईफोन ६एस उपलब्ध भएकै रंगमा बजारमा ल्याइनेछ। साथै ‘रोज गोल्ड’ रंगमा पनि यो उपलब्ध हुनेछ।

फिङ्गरप्रिन्ट स्क्यानरiphone 5se demo pics (1)आईफोन ५एसईमा ‘टच आईडी फिङ्गरप्रिन्ट स्क्यानर’ हुनेछ। होम बटनमा औलाको छाप पत्ता लगाउने सेन्सर राखिने छ।

४ इन्चको डिस्प्ले
आईफोन ५एस र ५सि झै यो नयाँ आईफोनमा ४ इन्चको डिस्प्ले हुनेछ। तर एप्पलले यसमा थ्रीडी टचको सुविधा दिनेछैन।

८ मेगापिक्सलको क्यामेरा
आईफोन ५एसईमा आईफोन ५एसको जस्तै क्यामेरा हुनेछ। यसमा ८ मेगापिक्सलको रियर क्यामेर र १.२ मेगापिक्सलको सेल्फि क्यामेरा हुनेछ।

नयाँ ए९ प्रोसेसरiphone 5se demo pics (3)
नयाँ आईफोनमा ए९ प्रोसेसर प्रयोग हुनेछ। यो एप्पलको अहिलेसम्मकै शक्तिशाली प्रोसेसर हो।

यो पनि पढ्नुस्।

आईफोनमा नयाँ बग, एउटा सानो कुराले बनाइदिन्छ आईफोन कामै नलाग्ने

तपाईले थाहै नपाउनुभएको आईफोनले गर्नसक्ने १२ काम