१ मंसिर ,बागलुङ । बागलुङको बुर्तिबाङमा एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी सभामा गोली चलेको छ । एकीकृत माओवादीका तर्फबाट क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार तुल्सीराम अर्यालले सभामा सम्बोधन गरिरहेको समयमा अपरचित समुहले गोली चलाएको एमाओबादीले जनाएको छ ।

४-५ जना युवाको समुहले उम्मेदवार र  सभालाई लक्षित गरि दुई राउण्ड गोली चलाएकोमा गोली सभास्थल नजिकैको रुखमा लागेको थियो । छ । घटनाबारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।