१९ सायन, काठमाण्डौ र

व्यबस्थापीका संसदको बैठक आज पनि बस्दै छ । आजको बैठकमा हिजो अर्थमन्त्रिले पेस गरेको ‘बिनियोजन बिद्येक माथि छलफल गरियोस’ भन्ने प्रस्ताब माथिको छलफल अघि बढाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

तर हिजो पेस भएको बिद्येक र त्यसमाथि छलफलको तालिका अधुरो रहेको भन्दै प्रतिपक्षी एकीकृत माओबादीले छलफलमा सहभागि नहुने भन्दै बाहिरिएपछि बैठक स्थगित भएको थियो ।

बिनियोजन बिद्येक माथिको छलफलमा प्रमुख प्रतिपक्षी दल अनिवार्य सहभागि हुनुपर्ने व्यबस्था छ । तर, आफुहरुका माग संबोधन नभएको संसदको आजको बैठक पनि वहिस्कार गर्ने एकीकृत माओवादीले बताएको छ ।

Budget 2072 Samsad  (2)

माओबादी प्रमुख सचेतक गिरिराजमणी पोख्रेलले आफुहरुले राखेका माग संबोधन नभए आजको बैठकमा पनि आफुहरु सहभागि नहुँने बताए ।

एकीकृत माओबादीले पेस्की खर्च विधेयक पारित गर्न दिनेबेला भएको सहमती कार्यान्वयन नभएको, शान्ति प्रकृया र त्योसँग जोडिएका मुद्धालाई बजेटमा बेवास्ता गरिएको, बजेटलाई संघीय संरचनागत नबनाइएको, काग्रेस एमालेका नेताको नाममा विभिन्न कार्यक्रम सन्चालन गरिएको तर, माओबादीलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

बजेट प्रति सत्तारुढ एमालेले पनि असन्तुष्टि जनाउँदै आएको छ । यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

Budget 2072 Samsad  (3)

एमाले सभासद राजेन्द्र पाण्डेले संयुक्त सरकारले ल्याएको बजेट काग्रेसको एकलौटी र असन्तुलित भएको भन्दै बजेट सम्बन्धि छलफलमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा एउटै धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको बताए ।