२८ भदौ, जनकपुर ।

नेपाली कांग्रेसका विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर पछिल्लो पटक संविधान संशोधन हुन नदिएको बताएका छन् ।

नेपाली कांग्रेस धनुषाद्धारा आज जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले तराई–मधेश लगातयका समस्या समाधन गर्नका लागि अघि बढाइएको संबिधान संशोधन बिधेकय मूलतः एमालेको असहयोगका कारण सफल हुन नसकेको उल्लेख गरे ।

निधिले भने, “हामी मुलुकमा राजनीतिक स्थिरता ल्याउन चाहेका छौँ । तर, एमालेले मुख्य उद्धेश्य मुलुकमा द्धन्द्ध फैलाउनु रहेको छ ।” नेपाली जनताले आफ्नो अधिकार प्रयोग गरी निर्माण गरेको संविधानलाई काँग्रेसले सर्वस्वीकार्य बनाउन चाहे पनि एमालेको अवरोधका कारण तत्काल संभव हुन नसकेको निधिले बताए ।

एमाले नेताहरुले विदेशमा गएर संघीयताको विरोधमा लबिङ गरेर राष्ट्रघाती कार्य गरेको भन्दै एमाले मधेश विरोधी, गणतन्त्र विरोधी र संघीयता विरोधी पार्टी रहेको प्रष्ट भइसकेको निधिको आरोप थियो ।