११ फागुन, काठममाडौं।

संविधान संसोधन विधयेक संसदमा अघि बढ्न दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले छलफलमा जुटेको छ । त्यसका लागि पार्टीको संसदीय दल र प्रतिपक्षी गठबन्धनको बैठक बोलाइएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

फाइल तस्बिर

संसदीय दलको बैठक विहान ११ बजे र प्रतिपक्षी गठबन्धनको बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको उनले बताए । बैठकमा छलफलपछि संसदमा कसरी अघि बढ्ने भन्ने निश्कर्षमा पुग्ने उनले जानकारी दिए ।

हिजो प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा भने एमाले केही लचक भएर प्रस्तुत भएको थियो । दलहरुबीच संसोधन विधयेकलाई कार्यसूचीमा राख्ने कि नराख्ने भन्ने विषयमा सहमति नभएपछि हिजो संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।