२८ पुस, एजेन्सी।

जनवरी २० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिदैछ छ। उनको स्थानमा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिम्मेवारी सम्हाल्ने छन्। यहि हप्ता मंगलबार ओबामाले शिकागोमा फेयरवेल स्पीच (विदाई भाषण) दिएका छन्। करिब ५१ मिनेटको यो भाषणमा ओबामाले आफ्नो नागरिकलाई धन्यवाद दिए।

Photo: AFP

Photo: AFP

भाषणको समयमा उनकी पत्नी मिशेल र छोरी मालिया(१९) उपस्थित थिए। तर मिडियाको लागि सबैभन्दा चकित पार्ने कुरा त यो रह्यो कि ओबामाकी दोस्रो छोरी साशा(१६) कार्यक्रममा उपस्थिति थिइनन्।

ओबामाले आफ्नो पुरै स्पीचमा पत्नी मिशेललाई अचम्मकी महिला भन्दै आफ्नो राम्रो साथी बताए। उनले भने, ‘मिशेल र म २५ वर्ष देखि संगै छौ। उनी मेरी पत्नी र मेरो बच्चाकी आमा मात्र होइन, मेरो बेस्ट फ्रेन्ड हुन।’ ओबामाले भावुक हुँदै भने आफु पिता हुनुमा गर्व समेत भएको बताए।sasha-and-obama-22570915

उनले यस्तो बताइँरहँदा मिशेल र छोरी मालिया भावुक भएका थिए। यसैक्रममा मिडियाको ध्यान गयो, यस्तो समयमा पनि छोरा साशा किन उपस्थित भइनन्। केही समयमै यो प्रश्न सामाजिक सञ्जालमा भाइरल भएको थियो, साथै जवाफ पनि छिट्टै आयो।

कहाँ थिइन साशा?
वास्तवमा, साशाको बुधबार बिहान स्कुलमा परीक्षा थियो। जसको कारण उनी वाशिङ्गटनमै थिइन।sasha-and-obama-1684015

ओबामाको भाषणका केही मुख्य बुँदा
ओबामाले भने, ‘तपाईहरुले नै मलाई एक राम्रो व्यक्ति अनि राम्रो राष्ट्रपति बनाउनुभयो। परिवर्तन तब हुन्छ, जब हामी जनता यो संग जोडिन्छौ र परिवर्तन ल्याउँछौ। हरेक दिन मैले जनताबाट केही न केही सिकेको छु।obama-michelle-daughter-malia

‘प्रजातन्त्रको लागि एकता बनाइराख्नु पर्छ। यसैले हामीलाई माथी लैजान्छ। हामी गिर्दा वा उठ्या, हामी एकसाथ हुनु जरुरी छ।’

सबैसंग आर्थिक मौका होस् भनी हाम्रो सरकाले पनि कोसिस गर्यो। हामीले अमेरिका हरेक चुनौतीको सामना गर्न तयार रहोस् भनी प्रयास पनि गर्यौं।’

भाषणको बिच बिचमा उपस्थित नागरिकले ‘चार वर्ष अझै’ भन्दै नारा समेत लगाएका थिए। ४ वर्षको लगातार दुईकार्यकाल सम्हालेका ओबामाले जनवरी २० मा निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हाल्ने बताउँदै आफ्नो प्रशासनले ट्रम्पलाई शान्तिपूर्वक शक्ति हस्तान्तरण गर्ने विश्वास पनि दिलाए।